• २०८१ बैशाख १५ शनिबार

नेपाल प्रहरीका ११ डीआईजी एआइजीमा बढुवा

kharibot

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

काठमाडौँ, सरकारले नेपाल प्रहरीका ११ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा गरेको हो । बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि बढुवाको बाटो खुलेको थियो ।

एआईजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई रहेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

बम र चन्द यसअघि आईजीपीका दाबेदार थिए भने आईजीपीका अर्का दाबेदार डीआईजी नवराज सिलवाल भने बढुवामा परेका थिएनन् । डीआईजी सिलवाल सरकारको निर्णयको विरुद्ध सर्वोच्च अदालत गएका थिए । उनको सो मुद्धा सर्वोच्चमा अझै विचाराधीन अवस्थामा रहेको छ ।  

त्यस्तै बैठकले अमेरिकी सरकारी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’बाट सडक यातायात र विद्युत् प्रशारणसम्बन्धी कार्यका लागि प्राप्त हुने रु ५१ अर्ब ३८ करोड सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै