• २०८१ बैशाख १७ सोमबार

वरिष्ठ डाक्टर गोविन्द केसीको १२औ अनशन सुरु

kharibot

काठमाडौँ ।  वरिष्ठ प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्नो १२औ अनशन सुरु गरेका छन् । डा. केसीले पत्रकार सम्मेलन गरेर अनशन बस्ने घोषणा गरेका हुन् ।

संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने यास भइरहेकोले डा. केसी फेरी अनशन बस्न लागेको बताएका छन् ।

माफियामुखी ऐनलाई तत्काल रोकेर सही रूपमा चिकित्सा शिक्षा तथा अन्य मागहरू पुरा गर्न आज बिहान ११ बजेदेखि सत्याग्रह सुरू गर्ने डा. केसीले बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै