• २०८१ बैशाख १७ सोमबार

एएफसी यू १६ च्याम्पियनसिप छनोट : नेपाल प्यालेस्टाइनसँग पराजित

kharibot

काठमाडौँ । एएफसी यू १६ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह 'डी'को अन्तिम खेलमा नेपाल प्यालेस्टाइनसँग पराजित भएको छ । मोहमद ह्रिदात २ गोल गरेपछि प्यालेस्टाइन २-१ ले विजयी भएको छ ।

नेपालको लागि खेलको १०औं मिनेटमा बृजेश चौधरीले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २८औं मिनेटमा प्यालेस्टाइनका ह्रिदातले बराबरी गोल गरेका थिए । दोस्रो हाफको ७५औं मिनेटमा ह्रिदातले बशार साइदको क्रसमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए ।

त्यसअघि इराक र भारतको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । नेपाल १ अंक सहित समुहको अन्तिममा रहेको छ । समूह 'डी'बाट इराक ७ अंकसहित समूह विजेताको रुपमा छनोट भइसकेको छ । भारत ५ अंक जोड्दै उपविजेता बनेको छ ।

नेपालको हारसँगै भारतको उत्कृष्ट पाँच उपविजेता बन्दै छनोट हुने बलियो सम्भावना रहेको छ भने नेपाल र प्यालेस्टाइन समूह चरणबाटै बाहिरिएका छन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै