• २०८१ बैशाख १७ सोमबार

पहिरोले जाजरकोटमा २५ रोपनीमा लगाएको धान बाली नष्ट

kharibot

फाइल तस्बिर

जाजरकोट, गएराति गएको पहिरोले जिल्लाको कुशेगाउँपालिका वडा नं ४ मा २५ रोपनीमा लगाएको धान बाली नष्ट भएको छ ।

पाक्नै लागेको धान बाली नष्ट भएपछि किसान मर्कामा परेका छन् । स्थानीय नन्दराम जैसी, जैसरा जैसी, गीताराम जैसी, निरु जैसी, जनक हमाल, दीपेन्द्र हमालको झारखेत, पदालीमा रहेको धान रोपेको खेतमा माथिबाट आएको पहिरोले खेत पुर्दा धान बाली नष्ट भएको हो । पहिरोका कारण जैसीराम जैसीको घर जोखिममा परेको स्थानीय वीरेन्द्र आचार्यले जानकारी दिए ।

जैसीकै ३०० भन्दा बढी विभिन्न जडीबुटीका बिरुवा पहिरोले पुरिएको छ । अर्छानीदेखि भेटुखाना, तम्ती जाने बीचमा रहेको असोजे खोलामा बाढी आएपछि बाटो बगाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै