• २०८१ बैशाख १४ शुक्रबार

साताको सेयर : कारोबार रकम ५० अंकले घट्यो

kharibot

काठमाडौं / यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ६९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १८ हजार पाँच सय ५२ कारोबारबाट एक अर्ब ७९ करोड ५५ लाख ८७ हजार रुपैयाँ बराबरका ६७ लाख १५ हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ५० दशमलव ३४ प्रतिशत कम हो । गत साता एक सय ७७ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३५ हजार आठ सय ४४ कारोबारबाट तिन अर्ब ६१ करोड ५७ लाख १७ हजार रुपैयाँ बराबरका ६८ लाख चार हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताका प्रमुुख सेयर सूचकांकहरु


साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा आठ दशमलव १३ अंकले घटेर अन्तिम दिन १५ सय ३९ दशमलव ८१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ५३ अंकले घटेर तीन सय २३ दशमलव ११ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम २८ करोड ९० लाख ९० हजार रुपैयाँको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सस्थापक अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर संख्या दुई लाख ६२ हजार कित्ताको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या नौ सय ११ वटाको आधारमा सानिमा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि तिन दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सुचीकरण तर्फ भने यो साता दुुई वटा कम्पनीको बोनस तथा साधारण सेयर सुचीकरण भएको छ ।  


                                                     कारोबार रकमका आधारमा साताका उत्कृष्ट पाँच कम्पनीहरु

क्र.सं. कम्पनीको नाम कारोबार रकम (रु. १० लाखमा)
१. नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २८९.०९
२. नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ८१.३९
३. सानिमा बैंक लिमिटेड ७०.७२
४. एभरेष्ट बैंक लिमिटेड ७०.१३
५. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड  ५५.३८

                                                     यो साता सूचीकरण भएका कम्पनीका सेयरहरु

क्र.सं. कम्पनीको नाम  सूचीकृत धितोपत्रको किसिम सूचीकृत धितोपत्र संख्या
१. लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड बोनस २६५२२४३.७५ कित्ता
२. पोखरा फाइनान्स लिमिटेड साधारण ९८३६८२ कित्ता

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै