काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई सार्वजनिक विदाका दिनमा समेत काउन्टर खुल्ला राख्न निर्देशन दिएको छ ।
अर्थ मन्त्रालयले बैंकिङ काउन्टर खुल्ला राख्न दिएको निर्देशनअनुसार नेपाल क्लियरिङ हाउस तथा राजस्व संकलन गर्ने वाणिज्य बैंकहरुलाई काउन्टर खुल्ला राख्न निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
सार्वजनिक विदाका दिनहरुमा समेत राजस्व बुुझ्ने व्यवस्था मिलाउनको लागि यही असोज ५, ७, ११, १२, १३, १४, १५ र १६ गते राजस्व संकलन गर्र्ने काउन्टर खुल्ला राख्न निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसबाहेक महिनाको अन्तिम दिन शनिवार वा अन्य सार्वजनिक विदा परेमा सो दिन समेत राजस्व संकलन गर्नको लागि काउन्टर खुल्ला राख्नुुपर्ने निर्देशनमा उल्लेख छ ।