• २०८१ बैशाख १७ सोमबार

ब्याजदर घटाउदै वाणिज्य बैंकहरु

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । माघमा ब्याज घटाएका वाणिज्य बैंकहरुले फागुनका लागि पनि ब्याजदर थप घटाएका हुन् ।

माघ महिनामा करिब ९ प्रतिशत ब्याजदर दिएका बैंकले फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५ प्रतिशत दिने घोषणा गरेका छन् । माघमा औषत ब्याजदर ८.१६ प्रतिशत रहेकोमा फागुनमा औषतमा ७.७५ प्रतिशत हुने भएको छ ।

माघ महिनामा ८.१६ प्रतिशतबिन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर फागुनमा ७.७५ प्रतिशत कायम हुने भएको छ ।

वाणिज्य बैंकहरु माघको तुलनामा फागुनमा औसत ब्याजदर ०.४० प्रतिशत बिन्दुले घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा बैंकहरूले ०.०६ प्रतिशतदेखि न्यूनतम ०.८१ प्रतिशतसम्म घटाएका छन् । बैंकहरुमा निक्षेप बढे पनि कर्जा अपेक्षित रूपमा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएको छ । लगानीयोग्य रकम बढे पछि पछिल्ला महिना बैंकहरूले ब्याजदर घटाउँदै लगेका हुन् ।

एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजलाई यथावत राखेका छन् भने अन्य बैंकले परिवर्तन गरेका छन्।

फागुन महिनामा सबैभन्दा बढी ब्याज दिने एनएमबि बैंकले जनाएको छ । एनएमबिले ८.५० प्रतिशत दिएको छ । त्यस्तै एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंकको ब्याजदर मुद्दति निक्षेपमा ८ प्रतिशत रहेको छ भने हिमालयन बैंकको ८.१५ प्रतिशत रहेको छ । त्यसैगरी, कुमारी बैंकको ८.१ प्रतिशत, नेपाल एसबिआई बैंकको ८.१० र सिटिजन्स बैंकको ब्याज ८.२५ प्रतिशत भन्दा माथि रहेको छ । त्यसैगरी, नबिल बैंकको ७.७५, प्रभु बैंक ७.५०, नेपाल बैंकको ब्याज ७.२५ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको ७.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ७.३५ प्रतिशत, प्राइम कर्मसियल बैंकको ७.४० प्रतिशत, प्रतिशत, सानिमा बैंकको ७.५१ प्रतिशत, ग्लोबल आइएमईको ७.६०, कृषि विकास बैंकको ६.४४ रहेको छ ।

नयाँ ब्याजदर फागुन १ गतेबाट लागू हुने बैंकहरुले जनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै