• २०८१ बैशाख १८ मंगलबार

ट्रम्पले पूरा गरिदिए ११ वर्षका बालकको घाँस काट्ने इच्छा !

kharibot

तस्बिर : एजेन्सी

अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबारे अनौठा अनौठा समाचार आउँछन् । कति समाचारले ट्रम्पलाई विवादमा फसाइदिन्छ त कति समाचार रोचक हुन्छन् ।

उनी राष्ट्रपतिमा निर्वाचित भएयता विश्वका चर्चित नेतासँग हात मिलाएको समाचार एकताका खुबै चर्चित रह्यो । अहिले फेरि एउटा यस्तै रोचक समाचा छ । अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा बालकको यस्तो इच्छा पूरा गरिदिएका छन् जुन एकदमै रोचक छ ।

अमेरिकाको भर्जिनियाका एक ११ वर्षीय बालकले ट्रम्पलाई चिठी लेख्दै आफ्नो इच्छा लेखेर पठाए । उनको इच्छा थियो अमेरिकी राष्ट्रपति निवासबाहिरको चउरको घाँस काट्ने । यही साता ट्रम्पले उक्त बालकको इच्छा पूरा गरिदिएका हुन् ।

उनले उक्त बालकलाई ह्वाइटहाउस बोलाएर आफू पनि सँगै रहेर बालकले चउरको घाँस काटेको अवलोकन गरे । बालकको नाम फ्रेक हो । उनले शुक्रबार रोजगार्डनको घाँस काटेका हुन् ।

त्यसो त उक्त बालकले ट्रम्पलाई चिठी लेख्दै राष्ट्रपतिको व्यावसायिक पृष्ठभूमि आफूलाई मन परेको समेत बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै