• २०८१ बैशाख १५ शनिबार

जनप्रजातान्त्रिकका उपाध्यक्ष नेजारुल अन्सारी माओवादी केन्द्रमा प्रवेश

kharibot

कठमाण्डौं । जनप्रजातान्त्रिक पार्टी नेपालका संस्थापक तथा उपाध्यक्ष नेजारुल अन्सारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

असोज २ मा हुन गैरहेको स्थानीय तहको तेस्रो तथा अन्तिम चरणको चुनावको पूर्वसन्यामा वीरगंजमा शुक्रवार आयोजित एक कार्यक्रममा उपाध्यक्ष अन्सारी माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

चुनावी अभियानको क्रममा वीरगंजमा रहेका माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नजप्रजातान्त्रिक पार्टीका उपाध्यक्ष सहितका दर्जनौं नेताहरुलाई पार्टीमा फुलमाला, अविर टीका र खादा सहित स्वागत गरेका थिए । 

आफ्नै नेतृत्वमा करीब एक दशक अघि जनप्रजातान्त्रिक पार्टी स्थापना गरेर शुदलीय प्रजातन्त्रका पक्षमा राजनीति गर्दै आएका उपाध्यक्ष अन्सारीले परिवर्तित समयमा ठूलो पार्टीमा रहेर देश र जनताको सेवा गर्नु प्रभावकारी हुने भएकोले आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताए । अब जनप्रजातान्त्रिकक पार्टी माओवादी केन्द्रमा विलय भएको उनले घोषणा गरे । 

समारोहमा माओवादी अध्यक्ष प्रचण्डले परिवर्तनकारी शक्तिहरुको केन्द्र माओवादी भएकोले सबैलाई माओवादीमा समाहित हुन आग्रह गरे । पर्शा जिल्लाका समाजसेवी तथा राजनीतिज्ञका रुपमा सुपरिचित अन्सारीको प्रवेशले सो क्षेत्रमा माओवादीको प्रभाव बिस्तार हुने ठानिएको छ । 

स्थानीय तहमा लोकप्रिय रहेका अन्सारीलाई माओवादीमा प्रवेश गराउन माओवादी नेता तथा पूर्वमन्त्री मातृका यादव, अर्का नेता तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत लगायतले विशेष पहल गरेका थिए । माओवादी केन्द्रमा प्रवेश गरेसंगै मंसिर १० मा हुन गैरहेको संघीय तथा संसदीय चुनावमा अन्सारीले संघतर्फको प्रत्यक्ष निर्वाचनमा उम्मेद्धवारी दिने संभावना बढेको छ ।

जनाधार बलियो भएका नेता अन्सारीले पार्टीले टिकट दिएमा संघीय चुनावमा आफू लड्न तयार रहेको बताएका छन । सो क्षेत्रमा पार्टीको जितका लागि उनको उम्मद्धवारी हुन सक्ने स्थानीय नेता कार्यकत्र्ताको अनुमान रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय