• २०८१ बैशाख १५ शनिबार

साताको सेयर : कारोबार रकम ५५ दशमलव ८० अंकले बढ्यो 

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ७७ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३५ हजार आठ सय ४४ कारोबारबाट तिन अर्ब ६१ करोड ५७ लाख १७ हजार रुपैयाँ बराबरका ६८ लाख चार हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । 

सातामा सूचीकृत सेयर 

कारोबार रकम गत साताको भन्दा ५५ दशमलव ८० प्रतिशत बढी हो । गत साता एक सय ७१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २४ हजार नौ सय ८० कारोबारबाट दुई अर्ब ३२ करोड सात लाख ३३ हजार रुपैयाँ बराबरका ४३ लाख ७७ हजार तिन सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १० दशमलव ६५ अंकले बढेर अन्तिम दिन १५ सय ३० दशमलव ३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव पाँच अंकले बढेर तीन सय २० दशमलव ७३ अंकमा आईपुगेको छ  ।

यो साता कारोबार रकम १९ करोड १४ लाख ४० हजार रुपैयाँको आधारमा नविल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर संख्या तिन लाख ५४ हजार कित्ताको आधारमा नेपाल बैंक कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या १९ सय ४७ वटाको आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।  


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै