एप्पलले सार्वजनिक गर्यो आइफोन १०, आइफोन ८ र ८ प्लस 

खरीबोट

काठमाडौँ । एप्पलले मोबाइल फोन सुरु गरेको आफ्नो दशौ बर्षको उपलक्ष्यमा नयाँ आइफोन १० सहित एप्पलको घडी र एप्पल टिभी लन्च गरेको छ । यसै अवसरमा एप्पलले आइफों ८ र आइफों ८ प्लसको पनि लन्च गरेको छ ।

एप्पलका तत्कालिनसिईओ स्टिभ जब्सले सन २००७ मा पहिलो पटक आइफोनको लन्च गरेको १० बर्षपछि एप्पलले आइफों १० लन्च गरेको छ । यसको मुल्य ९९९ अमेरिकी डलर तोकिएको छ । एप्पलले बनाएको नया स्टिभ जब्स हलमा गरिएको कार्यक्रममा सिईओ टम कुकले एप्पलका नयाँ उत्पादन सार्वजनिक गरेका थिए ।

कुकले सो अवसरमा एप्पलले हामी सबैको काम गर्ने तरिका बदलिदिएको बह्न्दै फेस टाइम, आइ म्यासेजजस्ता फिचरको माध्यमबाट मानिसहरुको संवाद गर्ने तरिकालाई नै बदलिदिएको बताए ।

एप्पलले सार्वजनिक गरेको आइफोन १० यस कार्यक्रमको विशेष आकर्षण रह्यो । आइफोन १० मा फोनले सुरक्षामा क्रान्ति ल्याएको बताइएको छ ।

यस फोनमा उपभोक्ताले आफ्नो फेसलाई नै पासवोर्डको रुपमा प्रयोग गर्न सक्दछन । मोबाइलमा फेस रिड गर्न सक्ने फिचर राखिएको छ जसले अनुहारलाई चिनेर फोन अनलक हुने फिचर राखिएको छ । आइफोन १० मा होम बटन हुने छैन । आइफोन १० मा एनिमेटेड इमोजीको प्रयोग गरिएको छ ।

आइफोन १० मा पछाडीतिर दुईवटा १२ मेगापिक्सेलका क्यामेरा राखिएको छ । वायरलेस चार्जिङयुक्त यो फोनमा ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ । ब्याट्री क्षमता पनि आइफों ७ मा भन्दा दुई घण्टा बढी रहेको बताइएको छ ।

आइफोन १० ६४ जीवी र २५६ जीवी गरी दुई स्टोरेज क्षमतामा उपलब्ध हुनेछ ।

६४ जीवीको आइफोन १० को खुला बजार मूल्य ९ सय ९९ अमेरिकी डलरबाट सुरु हुने छ । आइफोन १० को प्रि बुकिङ अक्टोबर २७ बाट सुरु हुने छ भने नियमित बिक्रि नोभेम्बर ३ बाट हुने छ ।

त्यस्ता एप्पलले आइफोन ७ र आइफोन ७ प्लसलाई अपग्रेड गर्दै आइफोन ८ र आइफोन ८ प्लस लन्च गरेको छ । 
 

सम्बन्धित समाचार

किन आइफोन १० का फिचर नयाँ होइनन्, यँहा पढ्नुस कारण   

गत सेप्टेम्बर १२ मा एप्पलक सिईओ टिम कुकले आइफोन १० को लन्च गर्दै पहिलो आइफोन लन्च पछिको अहिलेसम्मको सबै भन्दा ठुलो फड्को मारेको बताए । सबैको अनुमान विपरित एप्पलले आइफोन निर्माणको

एप्पलले सार्वजनिक गर्यो आइफोन १०, आइफोन ८ र ८ प्लस 

काठमाडौँ । एप्पलले मोबाइल फोन सुरु गरेको आफ्नो दशौ बर्षको उपलक्ष्यमा नयाँ आइफोन १० सहित एप्पलको घडी र एप्पल टिभी लन्च गरेको छ । यसै अवसरमा एप्पलले आइफों ८ र

आईफोन ८ को डिजाइन लिक !

दुई महिनापछि एप्पलले नयाँ आईफोन ल्याउँदै छ । १०औँ वर्षगाँठ मनाइरहेको एप्पलले आईफोनलाई नयाँ डिजाइन दिने तयारी गरेको छ । आईफोन एक्स अथवा आईफोन ८ भन्ने एकीन भइसकेको भने छैन