• २०८१ बैशाख १६ आइतबार

आइफोन १५ सिरिजमा हुदैछ महत्वपूर्ण परिवर्तन

kharibot

काठमाडौँ । एप्पलले गत वर्ष सेप्टेम्बरमा आफ्नो आईफोन १४ प्रो श्रृंखलाको साथ, डिस्प्ले नोचलाई प्रतिस्थापन गर्दै डायनामिक आइल्याण्ड सुविधा प्रस्तुत गरेको थियो । अब एप्पलले यसमा नयाँ परिवर्तन गर्ने भएको छ ।

अब एप्पलले आईफोन १५ सँग, डिस्प्ले नच पूर्ण रूपमा हटाउने भएको बताइएको छ । त्यसको अर्थ अब  डायनामिक आइल्याण्ड सुविधा नयाँ आईफोन सिरिजको साथ उपलब्ध हुनेछ ।

एप्पलले आईफोन १४ सिरिजका प्रो फोनहरूसँग डायनामिक आइल्याण्ड सुविधा प्रस्तुत गरेको थियो, जबकि आईफोन १४ र आईफोन १४ प्लस नचको साथ मात्र प्रस्तुत गरिएको थियो । अब कम्पनीले बेस भेरियन्ट आईफोनलाई डायनामिक आइल्याण्ड सुविधासहित लैजाने तयारी गरेको छ । कम्पनीले फोनलाई कम्प्याक्ट बनाउन र डिस्प्ले साइज बढाउन यो परिवर्तन गर्न लागेको टेक विज्ञहरुले बताएका छन् ।

साथै एप्पलले आईफोन १५ सिरिजमा युएसबी टाइप-सी पोर्ट पनि दिने भएको छ । अल-स्क्रिन अपग्रेड बाहेक, कम्पनीले फोनको चार्जिङ पोर्ट पनि परिवर्तन गर्न सक्छ । केही मोडलमा लाइटनिङ केबलको सट्टा युएसबी टाइप–सी पोर्ट दिने विभिन्न मिडिया रिपोर्टमा गरिएको छ ।

साथै आईफोन १५ सिरिजका सबै फोनमा ४८ मेगापिक्सेलको प्राइमरी क्यामेरा उपलब्ध हुने छ । आईफोन १४ सिरिजका पहिलो दुई मोडलमा १२ मेगापिक्सेलको क्यामेरा थियो भने प्रो मोडल ४८ मेगापिक्सेलको क्यामेरासहित लन्च गरिएको थियो । अब कम्पनीले क्यामेरा सेन्सरलाई बेस भेरियन्ट आईफोन १५ मा पनि अपग्रेड गर्ने भएको छ ।

एप्पलले हरेक बर्ष सेप्टेम्बर पहिलो सातामा एप्पल इभेन्ट आयोजना गरेर आफ्ना नयाँ उत्पादनको औपचारिक घोषणा गर्ने गर्दछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै