• २०८१ बैशाख १६ आइतबार

आइफोन १५ को प्रो सिरिजका फोनमा तात्ने समस्या

kharibot

काठमाडौँ । टेक कम्पनी एप्पलले आईफोन १५ प्रो सिरिजका फोन तात्ने समस्या भएको स्वीकार गरेको छ ।

कम्पनीले आइफोन १५ प्रो सिरिजमा नयाँ उपकरणहरू सेटअप पछि ताप वा ब्याकग्राउन्ड गतिविधि बढेको कारण तात्ने समस्या आएको स्वीकार गरेको छ ।

एप्पललाई उदृत गर्दै फोर्ब्स म्यागजिनले लेखेको छ- 'हामीले केही अवस्थाहरू पहिचान गरेका छौं जसले आईफोनहरू अपेक्षा गरेभन्दा बढी तातिरहेको छ । हामीले आइओएस १७ मा एउटा बग फेला पारेका छौं, जसले केही प्रयोगकर्ताहरूलाई असर गरिरहेको छ । यो सफ्टवेयर अपडेट मार्फत ठिक गरिनेछ ।'

एप्पलले आईफोन १५ प्रो सिरिजमा तताउने समस्याका लागि इन्स्टाग्राम, उबर र एसफाल्ट ९ जस्ता तेस्रो-पक्ष एपहरूलाई पनि दोष दिएको छ । फोर्ब्सको रिपोर्टमा इन्स्टाग्रामले सेप्टेम्बर २७ मा तताउने समस्या समाधान गर्नको लागि अपडेट ल्याएको बताएको छ । जबकि एप्पलले अन्य डेभलपरसँग तात्ने समस्या समाधान गर्न काम गरिरहेको छ ।

यसअघि आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा टाइटेनियम बडीको कारण ताप समस्या हुन सक्ने बताइएको थियो । तर, यो कारणका लागि भने कम्पनीले जिम्मेवारी लिएको छैन ।

एप्पलले सेप्टेम्बर १२ मा आफ्नो वन्डरलस्ट कार्यक्रममार्फत आईफोन १५ सिरिज लन्च गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै