काठमाडौँ । बलिवुडमा एक अर्की स्टार पुत्रीले डेभ्यु गर्ने भएकी छन् ।
अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेको हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्विर भाइरल भएपछि उनको चर्चा बलिवुडमा हुन् लागेको छ ।
केहि समय अघि निर्माता निर्देशक फराह खानले अन्नयालाई आफ्नो डिएनए टेस्ट गर्ने भनेपछि अनन्याको चर्चा सुरु भएको थियो ।
फराह खानको जवाफमा चंकी पाण्डेले प्रतिक्रिया दिदै उनले छोरी अनन्याको सुन्दरतालाई त्यसो भनेको भन्दै आफुले अन्यथा नलिएको बताएका थिए ।
रिपोर्टका अनुसार अनन्याले करन जोहरको फिल्म स्टुडेन्ट अफ द इयर-२ बाट बलिवुडमा डेभ्यु गर्ने तयारी गरेकी छन् ।
अनन्याको सुन्दरतालाई देखेर उनले पनि शक्ति कपुरकी छोरी श्रद्धा कपुर र महेश भट्टकी छोरी आलिया भट्टले जस्तै बलिवुडमा दबदबा बनाउने फिल्म विश्लेषकहरुले बताएका छन् ।
विश्लेषकहरुले अनन्याको बलिवुड आगमनले बलिवुडले अर्की सुन्दर अभिनेत्री पाउन लागेको प्रतिक्रिया दिएका छन् ।