• २०८१ बैशाख १६ आइतबार

आलियापछि अनन्या पनि 'डिसलाइक' को शिकार, नातावादको हुदै छ विरोध !

kharibot

काठमाडौँ । बलिवुडमा नातावाद र कृपावादको विरोधमा नयाँ फिल्म पर्ने निश्चित देखिएको छ ।

केहि दिन अघि सार्बजनिक भएको आलिया भट्टको फिल्म सडक-२ को ट्रेलरले युट्युबमा एक करोड २० लाखभन्दा बढी डिसलाइक पाएपछि यसको सिलसिला शुरु भएको छ ।

यस्तै सिलसिला अर्की अभिनेत्री अनन्या पाण्डेले पनि भोग्ने देखिएको छ ।

हालै सार्बजनिक भएको अनन्या पाण्डे र इशान्त खट्टरको फिल्म खाली पिलीको टिजरले पनि युट्युबमा धेरै डिसलाइक पाएको छ ।

टिजर रिलिज हुनासाथ ट्वीटरमा ट्रेण्ड हुन लागेको थियो भने युट्युबमा डिसलाइकको सिलसिला शुरु भएको थियो । यो समाचार तयार गरुन्जेल रिलिज भएको केहि घण्टामा टिजरले केवल २८ हजार लाइक पाएको छ भने एक लाख ९५ हजार डिसलाइक पाएको छ ।

फिल्म कमेडी र क्राइम जनरामा बनेको टिजरबाट बुझ्न सकिन्छ ।

यस फिल्मलाई मकबूल खानले निर्देशन गरेका छन् भने जी स्टुडियोजले निर्माण गरेको छ ।

खाली पिलीको टिजर : 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै