• २०८१ बैशाख १६ आइतबार

युरोपमा रोमान्स गर्दै अनन्या र आदित्य !

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य रोय कपुरबीच प्रेम सम्बन्ध अहिले चर्चाको विषय बनेको छ । पछिल्ला केही दिनदेखि यो जोडी युरोपका विभिन्न देशमा सँगै छुट्टी मनाउँदै गरेको तस्बीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

यी तस्बीरमा दुवै एकअर्कासँग समय बिताएको देखिएका छन् । उनीहरुलाई केहि दिन अघि स्पेनमा देखिएको थियो भने पछिल्लो पटक पोर्चुगलको लिस्बन सहरमा देखिएको बताइएको छ ।

अनन्या र आदित्यका यी तस्विरलाई फ्यानहरुले निकै रुचाएका छन् । 

यसअघि बुधबार आदित्य-अनन्याको छुट्टीको तस्विर भाइरल भएको थियो । यसै क्रममा बुधवार पोर्चुगलको लिस्बन सहरमा सँगै समय बिताएको चर्चा चलेको थियो । अर्कोतर्फ, यसभन्दा एक दिन अगाडि मंगलबार आदित्यले आर्कटिक मोन्कीको म्युजिक कन्सर्टको भिडियो पनि सेयर गरेका छन् ।

गत वर्ष कृति सेननको दिवाली पार्टीमा सँगै देखिएपछि आदित्य र अनन्या डेटिङ गरेको हल्ला चल्न थाल्यो । त्यसपछि, यो जोडी धेरै पटक सँगै देखा पर्यो । तर, अहिलेसम्म दुवैले आफ्नो सम्बन्धको पुष्टि गरेका छैनन् ।

आदित्य पछिल्लो पटक वेब सिरिज द नाइट म्यानेजरमा देखिएका छन् भने अब उनी छिट्टै अनुराग बासुको फिल्म मेट्रो इन दिनोमा आउदै छन् । त्यस्तै अनन्या पाण्डे अब छिट्टै आयुष्मान खुरानासँग ड्रिम गर्ल-२ मा आउदै छन् भने खो गए हम कहाँ र वेभ सिरिज कल मी बाए मा देखिदैछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै