• २०८१ बैशाख १४ शुक्रबार

छात्रावास व्यवस्थापनको माग गर्दै पशुपति क्याम्पस भवन सरसफाइ

kharibot

काठमाडौँ। अनेरास्ववियुले निरन्तर आन्दोलन गरेर महिला छात्रावासको कुरा उठाएपछि चाबहिल, काठमाडौँमा स्थित पशुपति बहुमुखी क्याम्प संचालक समितिकी पुर्व अध्यक्ष भद्रकुमारी घलेले महाङ्काल स्थित २२ कोठे भवन उपलब्ध गराएकी थिइन् । तर, क्याम्पस प्रशासनले ब्यवस्थापन गर्न हेलचेक्राई गरेको र त्यसतर्फ कुनै ध्यान नदिएकाले अनेरास्ववियु पशुपति बहुमुखी क्याम्पस कमिटिले यथाशीघ्र छात्रावासको ब्यवस्थापनको माग गर्दै उक्त भवनको सरसफाई गरेको छ ।

उक्त घर फोहोर डम्पिङ साइड वा सौचालयको रुपमा परिणत भइरहेको थियो । केही समय भने क्याम्पसका केही ब्यक्तिहरुले उक्त घर ब्यक्तिगत रुपमा प्रयोग गरेका थिए । त्यसकारण अनेरास्ववियुले भद्रकुमारीले दिएको घरलाई नयाँ जीवन दिएको हो ।

विगतमा पशुपति क्याम्पस कमिटि र अनेरास्ववियु क्रान्तिकारी कमिटीसंग उक्त भवन गरिव तथा विपन्न बर्गका छात्राहरुका लागि छात्रवास बनाउन पटकपटक सहमति गरिएको कुरा तत्कानीन संघर्ष संमितिका संयोजक यशुकुमारी लामाले बताइन् । 

पशुपति क्याम्पसको शैक्षिक गुणस्तरीयता वृद्धि गर्न अब यस्ता सकारात्मक गतिविधिमार्फत निर्णायक आन्दोलन गर्ने अनेरास्ववियु पशुपति क्याम्पस कमिटिका नेताहरुले उद्घोष गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै