• २०८१ बैशाख २६ बुधबार

प्रिमियर लिगमा एभर्टन र लेस्टर विजयी

kharibot

काठमाडौँ। इङलिश प्रिमियर लिगमा एभर्टनले साउथहम्पटनलाई पराजित गरेको छ।  गएराती भएको खेलमा एभर्टनले २-१ गोल अन्तरले साउथहम्पटनमाथि जित हासिल गरेको हो। एभर्टनको जितमा थियो वालकट र रिचार्लिशनले गरेका थिए। त्यस्तै साउथहम्पटनका लागि एक गोल डानी इङ्ग्सले गरेका थिए। 

पहिलो खेल बराबरी खेलेको एभर्टनले दोस्रो खेल जित्दै प्रिमियर लिगमा राम्रो सुरुवात गरेको छ।  त्यस्तै एभर्टन साउथहम्पटनसँग आफ्नो घरेलु मैदानमा  खेलमा अपराजित रहेको छ।

प्रिमियर लिगकै अर्को खेलमा लेस्टर सिटीले वोल्भसलाई २-० गोल अन्तरले पराजित गरेको छ। लेस्टरको जितमा माट ड़ोहर्टी र जेम्स माडीसनले गोल गरेका थिए। खेलको ६६औ मिनेटमा लेस्टर सिटीका जिम्मी भार्डीले मैदान छोडेपछि लेस्टर १० खेलाडीमा सिमित भएको थियो। 

शनिबार नै भएका अन्य खेलमा बोर्नमाउथले वेस्टह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको छ भने न्युक्यासल युनाइटेड र कार्डिफ सिटीबीचको खेल बिना कुनै गोल बराबरीमा सकिएको छ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै