काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तगर्त टोटह्यामले फुलह्यामलाई पराजित गरेको छ। शनिबार भएको खेलमा टोटनह्यामले ३-१ गोल अन्तरले पराजित गरेको हो।
टोटह्यामको जितमा लुकास मौरा, किएरन टिप्पर र ह्यारी केनले गोल गरेका थिए भने फुलह्यामका लागि एक गोल अलेक्जेन्डर मिट्रोभिकले गरेका थिए।
जितसँगै टोटनह्यामले यस सिजनमा २ खेलमा दुवै खेलमा जित हासिल गर्दै ६ अंक बटुलेको छ । त्यस्तै ह्यारी केनले लामो समय देखि अगस्ट महिना गोल गरेका छन्। केनले अगस्ट महिनामा खेलेको १५औ खेलमा गोल गरेका छन् ।
नयाँ सिजनको उत्कृष्ट सुरुवात गरेको टोटनह्यामले अर्को साता म्यान्चेस्टर युनाइटेडको सामना गर्दै छ।