• २०८१ बैशाख १७ सोमबार

जयललिताको जीवनीमा आधारीत फिल्म बन्ने

kharibot

मुम्बई।  तमिलनाडुकी पुर्व मुख्यमन्त्री जयललिता को जीवनीमा आधारीत फिल्म बन्ने भएको छ। 

एनटीआर बायोपिक निर्माण कम्पनी विबरी मिडियाले फिल्म र राजनीतिमा जयललिताको योगदानको कदर गर्दै उनको जीवनीमा आधारित फिल्म बनाउन लागेको जानकारी गराएको छ।  फिल्म हिन्दी, तामिल र तलेगु गरी तीन भाषामा बन्ने भएको छ। फिल्मको सुरुवात जयललिताको जन्मदिन फेब्रुअरी २४ बाट सुरु हुने बताइएको छ। 

फिल्मबाट राजनीतिमा आएको जयललिताको जीवनी विश्वभरका महिलाका लागि प्रेरणा हुने भन्दै यो फिल्म उनको लागि सच्चा श्रद्धान्जली हुने बताइएको छ।

फिल्मलाई फिल्मकार एवं‘ मद्रासापट्टिनम‘ का निर्माता विजयले निर्देशन गर्ने भएका छन् भने यस फिल्ममा बलीवुड र दक्षिण भारतीय फिल्म जगतका प्रसिद्ध कलाकारले अभिनय गर्ने बताइएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै