रौतहट। रौतहटको गौरस्थित जुद्द माध्यमिक विद्यालयका लेखा सहायक प्रमोद ठाकुर ४५ हजार रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् ।
ठाकुरलाई अख्तियारको हेटौंडा कार्यालयको टोलीले आज सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा पक्राउ गरेको हो ।
उनीमाथि जुद्द विद्यालय भवन निर्माणका क्रममा घुस लिएको आरोप छ । भवन निर्माणको बिल भुक्तानीका क्रममा लेखा सहायक ठाकुरले ठेकेदारसँग रकम लिएको प्रहरीले जनाएको छ ।