• २०८१ बैशाख १७ सोमबार

नेपाल बङ्गलादेश बैंकका देवही गुनाही, फिक्कल र चन्द्रनगरमा 

kharibot

काठमाडौँ। नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ७२,७३ र ७४औं शाखाहरु संचालनमा ल्याएको छ । 

यस बैंकले ईलाम जिल्लाको फिकलमा,सर्लाहि जिल्लाको चनद्रनगरमा र रौतहट जिल्लाको देवही गुनाहीमा नयाँ शाखाहरुको औपचारिक कारोबार शुभारम्भ गरेको छ । साथै सिधुवा जिल्लाको छत्तर जोरपाटी गाँउपालिकामा ७औँ एक्सटेन्सन काउन्टरको पनि औपचारिक कारोबार शुभारम्भ गरेको छ। 

बैँकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैँकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ। साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा,रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।  

देवही गुनाही ,फिक्कल र चन्द्रनगर शाखाहरु सहित बैंकले ७४ शाखा, ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५५ वटा ब्त्ः बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै