• २०८१ बैशाख १७ सोमबार

भारतविरुद्धको दोस्रो टेस्ट इङल्याण्डको नियन्त्रणमा, तेस्रो दिन २५० रनको अग्रता  

kharibot

काठमाडौँ। इङल्याण्ड र भारतबीच जारी दोस्रो टेस्ट क्रिकेट खेलमा इङल्याण्ड तेस्रो दिनको खेल खराब प्रकाशका कारण रोकिदा राम्रो स्थितिमा पुगेको छ। इङल्याण्डले पहिलो पारीमा ६ विकेट गुमाउदै ३५७ रन बनाएको छ। 

इङल्याण्ड पहिलो पारीमा भारतसँग २५० रनको अग्रता लिन सफल भएको छ। तेस्रो दिन सम्पूर्ण रुपमा इङल्याण्डका ब्याट्सम्यानको नाममा रहेको थियो।  इङल्याण्डका क्रिश वोक्स १२० बनाएर खेलिरहेका छन् भने उनलाई साम कुरानले २२ रन बनाएर साथ् दिइरहेका छन्।  

यस अघि जोनी बैरस्ट्राले ९३ रनको पारी खेलेका थिए।  छैठौ विकेटका लागि वोक्स र बैरस्ट्राले १८९ रनको साझेदारी गरेका थिए। त्यस्तै इङल्याण्डका लागि पहिलो टेस्ट खेलिरहेका ओली पोपले २८ रन बनाएका थिए। 

भारतीय बलर मोहमद सामीले ३ विकेट लिए भने हार्दिक पाण्डेयले २ तथा इशान्त शर्माले एक विकेट लिएका थिए।  

यसअघि पहिलो पारीमा १०७ रनमा समेटिएको थियो । लर्ड्समा भइरहेको टेस्ट खेलको पहिलो दिन बर्षाले प्रभावित बनेपछि खेल हुन् सकेन भने दोस्रो दिनमा बर्षाका कारण भएको ३५.२ ओभर मात्रको खेलमा भारत १०७ रन बनाउदै अलआउट भएको हो । भारतका लागि आर आश्विनले सर्वाधिक २९ रन बनाए भने कप्तान विराट कोहलीले २३ रन बनाएका थिए।

त्यस्तै आजिख्य रहानेले १८, र हार्दिक पाण्डेयले ११ रन बनाएका थिए। 

भारतलाई सस्तैमा समेट्ने क्रममा इङल्याण्डका बलर जिम्मी एन्डरसनले ५ विकेट लिए भने क्रिश वोक्सले २ तथा स्टुअर्ट बोर्ड र साम कुरानले एक एक विकेट लिए। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै