क्लासिक टेकले ल्यायो घरको लागि १०० एमबिपिएस ईन्टरनेट

खरीबोट

काठमाडौँ  ।  छोटो समयमै नेपालको ७२ जिल्लामा आफ्नो ईन्टरनेट तथा इन्ट्रानेट सेवाको सञ्जाल पु¥याउन सफल क्लासिक टेक प्रा लि ले नेपालमै पहिलो पटक घरायसी प्रयोजनको लागि १०० एमबिपिएस सेवा बजारमा ल्याएको छ । 

विश्वकै उत्कृष्ट जिपिओएन  प्रविधिमा आधारित फाईबर टु द होम ईन्टरनेट सेवाको माध्यमबाट क्लासिक टेकले ग्राहक वर्गलाई सुपरफास्ट ईन्टरनेट सेवा उपलब्ध गराउन सकेको हो ।  

सुपरफास्ट ईन्टरनेटलाई सुपथ मुल्यमा उपलब्ध गराउने उद्दश्यका साथ क्लासिक टेकले चाडवाड अफर बजार ल्याएको छ । वार्षिक ग्राहकहरुलाई ६ एमबिपिएस रु ९१६ प्रति महिना, १५ एमबिपिएस रु १०४२ प्रति महिना, ३० एमबिपिएस रु १२०८  प्रति महिना, ६० एमबिपिएस रु १५२५  प्रति महिना, र १०० एमबिपिएस अनलिमिटेड रु २९१६  प्रति महिनामाको दरमा उपलब्ध छ । यो अफर नेपालभरका विभिन्न १६ वटै शखाहरुमा लागु हुनेछ । 

साथै सुपरफास्ट ईन्टरनेट सँगै टिभीको मज्जा लिन क्लासिक टेकले डिस होमको खरिदमा भारी छुटको अफर ल्याएको छ । यो अफर क्लासिक टेकको ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।

यसका साथै कम्पनिले चाडवाड मनाउने लक्ष लिएर ग्राहक वर्गको घर दैलोमा बिभिन्न कार्यक्रमहरु लिएर जाने योजना बनाएको छ । हालसालै इन्द्रजात्राको अवसर पारी काठमाण्डौ, भक्तmपुर, ललितपुर र बनेपामा लाखेनाच आयोजना गरेको थियो ।     
 

सम्बन्धित समाचार

क्लासिक टेकले ल्यायो १०० एमबिपीएच अनलिमिटेड ईन्टरनेट सेवा

काठमाडौँ । छोटो समयमा ग्राहकहरुको मन जित्न सफल क्लासिक टेकले आफ्ना सेवा ग्राहिको र समयको मागलाई ध्यानमा राख्दै नेपालमै पहिलो पटक उच्च गतिको १०० एमबिपीएच अनलिमिटेड ईन्टरनेट सुपथ मुल्यमा ल्याएको छ

क्लासिक टेकले ल्यायो घरको लागि १०० एमबिपिएस ईन्टरनेट

काठमाडौँ  ।  छोटो समयमै नेपालको ७२ जिल्लामा आफ्नो ईन्टरनेट तथा इन्ट्रानेट सेवाको सञ्जाल पु¥याउन सफल क्लासिक टेक प्रा लि ले नेपालमै पहिलो पटक घरायसी प्रयोजनको लागि १०० एमबिपिएस सेवा बजारमा