बारा। बारा प्रहरीले आफ्नै छोरीको हत्या गरेको अभियोगमा प्रधानाध्यापक ब्रजकिशोर मिश्रसहित ४ जना पक्राउ गरेको छ।
गत असार १२ गतेको घटना पछि चौतर्फ़ि दबाबमा परेपछि प्रहरीले घटना भएको करिब डेढ महिना पछि मृतकको बाबु ब्रज किशोर मिश्र, आमा पुष्पा देवी मिश्र, काका हरीकिशोर मिश्र र रामनाथ मिश्रलाई मंगलबार पक्राउ गरेको हो।
गत असार १२ गते बेलुका उपचारको लागी बिरगंजतर्फ लादै गरेको अवस्थामा बाटोमा मृत्यु भएकी भनि भनिएका जिल्ला बारा सुवर्ण गा.पा.वडा नं.४ हर्दिया टोलमा घर भई हाल कलैया उपमहानगरपालिका वडा नं.५ घुसुकपुर टोलमा बस्ने ब्रजकिशोर मिश्रको छोरी वर्ष १७ की प्रियंका कुमारी मिश्रको मृत्यु शंकास्पद देखिएको थियो।
यो पनि पढ्नुस :
पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट दिन ४ को हिरासतमा राख्ने म्याद अनुमति लिई अनुसन्धान भई रहेको बारा प्रहरीले जनाएको छ ।