काठमाडौँ। वरिष्ठ डा. गोविन्द केसी ६ दिन लामो आइसीयुको बसाई र १३ दिनको अस्पताल बसाई पश्चात् आज अस्पतालबाट डिसार्ज हुने भएका छन् ।
गत साउन १० गते अनसन गरेको २७औ दिन सरकारसँग ९९ बुँदे सहमति गरेपछि अनसन तोडेका डा.केसी आज दिउसो ३ बजे पत्रकार सम्मेलन गरेर अस्पतालबाट डिस्चार्ज हुने भएका छन्।
सम्झौता भएको १३ दिन बितिसक्दा पनि सरकारले मन्त्रीपरिषद बैठकबाट सो सम्झौता अनुमोदन अहिलेसम्म गरेको छैन ।