• २०८१ बैशाख १८ मंगलबार

बलिवुड अभिनेता इरफान खानको क्यान्सरको उपचार जारी, चौथो किमो दिइयो    

kharibot

मुम्बई । बलिवुड अभिनेता इरफान खानलाई लागेको दुर्लभ रोग न्युरो एन्ड्रोक्राइन ट्युमरको उपचार लन्डनमा भइरहेको । 

इरफानले आफ्नो उपचारको बारेमा समाचार एजेन्सी एशोसियट्स प्रेसलाई एक अन्तर्वार्ता दिदै पछिल्लो अपडेट दिएका छन्।  इरफानले अन्तर्वार्ताका क्रममा आफ्नो क्यान्सरको उपचारका लागि ६ पटक किमो दिनुपर्नेमा अहिलेसम्म ४ पटक दिइएको बताएका छन्।  अहिलेसम्मको किमोको सकारात्मक परिणाम आइरहेको बताउदै अन्तिम किमो दिएपछि नै के हुन्छ भन्ने थाहा हुने बताएका छन्। 

एपीसँग कुरा गर्दै इरफानले आफुले अहिले उपचारमै केन्द्रित बह्येको र कुनै फिल्मको स्क्रिप्ट पढ्ने काम सेमत नगरेको बताएका छन्।  उनले आफु छिट्टै मर्न सक्ने भएकाले पनि अहिले कुनै योजना बनाएर अगाडी नबढेको बताएका छन्। उनले आफुले आफ्नोबारे प्राथना समेत गर्न छोडेको बह्द्नै अगाडी जे हुन्छ त्यसलाई लिएर बसिरहेको बताए।   

एक रिपोर्टका अनुसार इरफान खानलाई लागेको यस्तो रोग करिब १० लाखमा एक जनालाई हुने बताइएको छ । ५१ बर्षिय अभिनेता खानले बलिवुडमा एक सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले बलिवुडका अलावा हलिवुडमा पनि काम गरेका छन् । लाइफ अफ पाई, स्लमडग मिलिनियर, द अमेजिंग स्पाइडर म्यानजस्ता सुपर हिट फिल्ममा काम गरेका छन् ।

बलिवुडमा २०१३ मा उनले अभिनय गरेको फिल्म पान सिंह तोमारका लागि भारतीय राष्ट्रिय पुरस्कार समेत पाएका थिए । उनको फिल्म कारवा आज रिलिज भएको छ। 
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै