• २०८१ बैशाख १४ शुक्रबार

यस सिजन रियल म्याड्रिड नजाने भए नेइमार !

kharibot

काठमाडौँ । यस सिजनमा नेइमारलाई भित्राउने रियल म्याड्रिडको सपना चकनाचुर भएको छ । 

नेइमारले आफु यस सिजनमा पिएसजीमै बस्ने बताएपछि रियल म्याड्रिडले नेइमारलाई भित्राउने प्रयास असफल भएको छ । शुक्रबार मिडियासँग कुराकानी गर्दै नेइमारले आफु रियल म्याड्रिड नजाने स्पष्ट गरेका छन् । 

यसअघि रियलले रोनाल्डोको ठाउमा पिएसजीका नेइमार र किलियन एम्बाप्पेलाई ल्याउने प्रयास गरेको मिडिया रिपोर्ट सार्वजनिक भएको हो । नेइमारले आफुले यस सिजनमा पिएसजी नछोड्ने बताउदै पिएसजीका लागि आउदो सिजन ट्रफी जित्न मेहनत गर्ने बताए । मिडियाले हल्ला फिजाएको भन्दै आफुले आफ्नो मन अहिले नबदल्ने बताए । 

उनले एम्बाप्पेका बारेमा बोल्दै आफु उसँग हरेक दिनसँगै हुने भन्दै उ कति क्षमतावान छ भन्ने आफुलाई थाहा भएको बताए । साथै नेइमारले एम्बाप्पेको विश्वकप सफलताबाट आफु खुशी भएको बताए । 

विश्वकपमा आफ्नो आलोचनाको खण्डन गर्दै नेइमारले खेलाडीहरुले आफुलाई निशाना बनाउन थालेपछि आफुले इन्जुरीबाट बच्न त्यसो गरेको बताए । नेइमारले खेलपछि चोटका कारण ४ देखि ५ घण्टा आइसमा बस्नुको पिडा नबुझ्नेहरुले आफ्नो आलोचना गरेको बताए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै