• २०८१ बैशाख १४ शुक्रबार

एम्बाप्पे बने २१ बर्ष मुनीका विश्वका सबै भन्दा मुल्यवान फुटबलर

kharibot

काठमाडौं । फ्रान्सका युवा फुटबलर किलियन एम्बाप्पे २१ बर्ष मुनीका विश्वका सबै भन्दा मुल्यवान फुटबलर बनेका छन् । 

फुटबलको ब्यापार सम्बन्धि रिपोर्ट बनाउने सकरेक्सको अनुसार एम्बाप्पेको अहिलेको मुल्य २२२.७६ मिलियन अमेरिकी डलर रहेको छ । फ्रान्सकै लिग वान क्लब पेरिस सेन्ट जर्मनबाट व्यवसायिक फुटबल खेल्ने एम्बाप्पेले फ्रान्सलाई विश्वकप जिताउन भूमिका खेलेपछि उनको मुल्य बढेको हो । १९ बर्षिय एम्बाप्पे विश्वकपमा उत्कृष्ट युवा खेलाडी समेत बनेका थिए ।

त्यस्तै सकरेक्सको सुचीको दोस्रो स्थानमामा इल्याण्डका युवा फुटबलर मार्कोस राश्फोर्ड रहेका छन् । २० बर्षिय राश्फोर्डको अहिलेको मुल्य १०३.५ मिलियन अमेरिकी डलर रहेको छ । पहिलो एम्बाप्पेको भन्दा आधाले कम मुल्य राशफोर्डको रहेको छ ।  म्यान्चेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्ने राशफोर्ड विश्वकपमा भने धेरै खेल्न पाएनन् ।

त्यस्तै यस सुचिमा ब्राजिलका युवा फरवार्ड ग्याब्रियल जिसस रहेका छन् । म्यानचेस्टर सिटिबात व्यवसायिक फुटबल खेल्ने जिससले सिटिमा उत्कृष्ट  प्रदर्शन गरेपनि विश्वकपमा भने ब्राजिलका लागि खासै राम्रो प्रदर्शन गर्न सकेनन । उनको अहिलेको मुल्य १०२ मिलियन अमेरिकी डलर रहेको सकरेक्सको रिपोर्टमा  उल्लेख गरिएको छ ।  

त्यस्तै यस सुचिमा फ्रन्सकै असुमन ड़ेम्बेले चौथो स्थानमा रहेका छन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने ड़ेम्बेलेको अहिलेको मुल्य ९७.६८ मिलियन अमेरिकी डलर रहेको छ ।  

सकरेक्सले जनवरी १, १९९७ पछि जन्मिएका खेलाडीको अहिलेको बजार मुल्य सार्वजनिक गरेको जनाएको छ ।  सकरेक्सले खेलाडीको अहिलेको प्रदर्शन, उमेर देशका लागि गरेको प्रदर्शन, इन्जुरी, क्लबमा सम्झौताको अवधि, बजारमा खेलाडीको बारेमा मुल्यांकन, खेलेको अवधि, प्राविधिक क्षमता आदिको मुल्यांकन गरेर यो रिपोर्ट बनाएको उल्लेख गरेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै