• २०८१ बैशाख १५ शनिबार

एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको फराकिलो जित

kharibot

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मोन्टपेलिएरविरुद्ध गोलको बर्षा गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले मोन्टपेलिएरविरुद्ध ६-२ गोलको शानदार जित हासिल गरेको हो ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । त्यस्तै भिटिन्हा, ली कांग इन र नुनो मेन्डेजले एक एक गोल गरेका थिए ।

त्यसैगरि मोन्टपेलिएरका लागि अर्नाउड नोर्डिन र तेजी टेडी सभानीएरले एक एक गोल गरेका थिए ।

यो जितपछि पिएसजीको २६ खेलमा ५९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी मोन्टपेलिएरको २६ खेलमा २६ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै