• २०८१ बैशाख १६ आइतबार

बार्कोला र एम्बाप्पेको गोलमा पिएसजी विजयी

kharibot

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लेन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले लेन्समाथि २-० को जित हासिल गरेको हो ।

पिएसजीको जितमा ब्राडली बार्कोला र किलीयन एम्बाप्पेले एक एक गोल गरेका हुन् ।

यस खेलमा खेलको पहिलो हाफमा लेन्सका जोनाथन ग्राडिटले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि पिएसजीको १८ खेलमा ४३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । पिएसजी दोस्रो स्थानमा रहेको निश भन्दा स्पष्ट ८ अंकले अगाडी भएको छ । त्यस्तै लेन्सको भने १८ खेलमा २६ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय