काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) मा सट्टेबाजी खेलाउने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने नागराज, अमृत भनिने नथमल अग्रवाल जेल चलान भएका छन् ।
महोत्तरी घर भएका राकेश सिंहलगायतका व्यक्तिसँग उनले आईपीएलमा सट्टेबाजीमा लगानी गर्दा घाटा नहुने र हारे पनि पैसा फिर्ता हुन्छ भन्दै सिंह लगायतका व्यक्तिसँग दुई करोड चालिस लाख रुपैयाँ उठाएर फरार भएका थिए ।
पीडितहरुका उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको विशेष टोलीलले उनलाई गएको असार ९ गते पानीपोखरीबाट पक्राउ गरेको थियो । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई ठगी मुद्धामा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो ।