• २०८१ बैशाख १६ आइतबार

वानएक्स बेटमा सट्टेबाजी गरेको आरोपमा बल्छी ध्रुवेसहित आठजना पक्राउ

kharibot

काठमाडौँ । अनलाइन बेटिङ एप 'वान एक्स बेट' मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा 'बल्छी ध्रुबे' नामले चर्चित कलाकार मरिचमान श्रेष्ठसहित ८ जना पक्राउ परेका छन् ।

पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको प्रहरीले जनाएको छ । 

यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको थियो । त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । 

पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै