• २०८१ बैशाख १५ शनिबार

काँग्रेस सभापति देउवाद्वारा डा. केसीको स्वास्थ्य बारे प्रधानमन्त्री ओलीको ध्यानकार्षण 

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीको स्वास्थ्य स्थितिका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटेर ध्यानाकर्षण गरेका छन् ।  

मंगलबार प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले डा. केसीसँग तत्कालै वार्ता गरेर तत्कालै माग पूरा गरी उनको जीवन रक्षा गर्नु सरकारको कर्तव्य रहेको बारे प्रधानमन्त्रीलाई सचेत गराएको काँग्रेसले जनाएको छ । 

सभापति देउवाले आफ्नो नेतृत्वमा रहेको नेपाली कांग्रेसको सरकारले डा. के.सी.को मागलाई सुनुवाई गरेर माथेमा उच्चस्तरीय कार्यदलको आधारमा जनभावना अनुरुप जारी गरेको अध्याधेशलाई हुबहु विधेयकको रुपमा ल्याउनु अहिलेको समाधान हुने धारणा प्रधानमन्त्री समक्ष राखेका थिए । 

सरकारले यसलाई तोडमोड गरेर जवरजस्ती ढंगले विधेयक ल्याउने प्रयत्न गरे कांग्रेसको विरोधको सामना गर्नुपर्ने प्रष्ट चेतावनी समेत सरकारलाई दिएको काँग्रेस पार्टी कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै