• २०८१ बैशाख १६ आइतबार

सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता हुदै

kharibot

काठमाडौँ । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीचको आजपनि वार्ता सुरु भएको छ ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा दोस्रो पटक वार्ता सुरु भएको हो । यसअघि पहिलो चरणको वार्ता सोमबार बेलुका १० बजेसम्म भएको थियो ।

सोमबार भएको वार्तामा सरकारी पक्षले पक्षले डा.केसीको तुरुन्त काठमाडौँ ल्याएर उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गरेपनि डा.केसी पक्षले भने संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने अडान राखेको बुझिएको छ ।

सोहि पक्षले थप छलफल गरेपछि आज फेरी वार्ता सुरु भएको हो ।

वार्तामा सरकारी टोलीका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी छन् । त्यस्तै डा.केसीका पक्षबाट बरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह र प्रितम सुवेदी सहभागी रहेका छन् ।

डा. केसीको अनसनप्रति सरकार उदासिन रहेको भन्दै नेपाल चिकित्सक संघले साउन ३ गतेदेखि सम्पूर्ण अस्पातलको आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै  प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठक सोमबार अवरुद्ध गरेपछि बैठक साउन ३ गतेसम्मका लागि स्थगित गरिएको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय