काठमाडौँ । देशै भरीका सामुदायिक स्कुलका शिक्षक तथा बिद्यार्थीहरु एकै ठाउँमा जम्मा भएका छन् ।
अनेरास्वीयु र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आयोजना गरेको एसइइ उत्तिर्ण बिद्यार्थीहरुलाई सम्मान तथा बधाई कार्यक्रममा नेपाल अधिराज्य भरीका एसइइ पास भएका विद्यार्थी तथा शिक्षक , शिक्षिकाहरु सम्मानीत भएका छन् ।
सामुदायिक स्कुल पनि निजी स्कुलको तुलनामा कम छैनन् भन्ने देखाउँन आफुहरुले सामुदायिक स्कुलबाट ए र ए प्लस ल्याएका बिद्यार्थीहरुलाई सम्मान गरेको आयोजकले जानकारी दिएका छन् ।
राम्रो शिक्षाको लागि निजी विद्यालय धाउनु पदैन् सामुदायिक विद्यालयमै राम्रो पढाई हुन्छ । आज राष्ट्रिय सभा गृहमा आयोजित सम्मान तथा बधाई कार्यक्रममा बोल्दै पर्यटन मन्त्री रवीन्द्र अधिकारीले प्लस टु उच्च शिक्षाको बेश भएको कारण सार्वजनिक स्कुलबाट पाएको अंक अमुल्य भएको बताएका छन् । मन्त्री अधिकारीले सामुदायिक बिद्यालयको शिक्षामा स्तर उन्नती नभई देश विकास र सम्वृद्धिमा नलाग्ने बताउदैँ सामुदायिक स्कुलको स्तर उन्नतीमा सरकार केन्द्रित भएको बताएका छन् ।
उनले भने ‘सरकार सामुदायिक स्कुलको स्तर उन्नतिमा लागेको छ, यसमा सबैजना अगाडी बढ्नुपर्छ त्यसको लागि सबैभन्दा धेरै पढ्नुपर्छ ।’
त्यस्तै अनेरास्वीयु अध्यक्ष नविना लामाले सरकारी र सामुदायिक स्कुल बिचको खाडल नपुरीएको भन्दै दबाब दिइरहेको जानकारी गराईन् । यसैबिच लामाले संबिधानले नै आधारभुत आबश्यकतामा राखेको शिक्षामा जब सम्म बिभेद गरीन्छ तब सम्म शिक्षित नेपाली र सम्बृद्ध नेपाल बनाउँन नसकिने बताईन् ।
देशै भरीका सम्पुर्ण सामुदायिक विद्यालयबाट राम्रो अंक ल्याउने विद्यार्थी र शिक्षक समेतलाई कार्यक्रममा सम्मान गरीएको थियो ।