• २०८१ बैशाख १४ शुक्रबार

यो हप्ता १ अर्ब ३३ कराेडकाे सेयर बिक्यो, यी हुन् साताका उत्कृष्ट पाँच कम्पनीहरु

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २० हजार दुुई सय ८१ कारोबारबाट एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरका ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २८ दशमलव ३९ प्रतिशत बढी हो । गत साता एक सय ८६ कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार १५ हजार आठ सय ४८ कारोबारबाट एक अर्ब चार करोड १६ लाख २३ हजार रुपैयाँ बराबरका ३६ लाख ७९ हजार छ सय कित्ता सेयरहरु खरिदबिक्री भएका थिए  

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९.८८ अंकले बढेर अन्तिम दिन १२ सय २४ दशमलव ४१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा आठ दशमलव ३४ अंकले बढेर दुुई सय ५७ दसमलव ४६ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम सात करोड ४२ लाख ३० हजार रुपैयाँको आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या एक लाख ५५ हजार कित्ताको आधारमा प्राइम कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार संख्या छ सय ४१ वटाको आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सुचीकरणतर्फ भने यो साता छ वटा कम्पनीहरुको बोनस तथ हकप्रद सेयर सूचीकृत भएको छ ।

सातामा सर्वाधिक रकमको कारोबार भएका पाँच कम्पनीहरुमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र नबिल बैंक परेका छन् भने सूचीकरणतर्फ ओम डेभलपमेन्ट बैंकको ३७ लाख ८१ हजार ७३ कित्ता बोनस, सूर्योदय लघुवित्त वित्तीय संस्थाको २ लाख ८० हजार कित्ता हकप्रद, देव विकास बैंक ६५ लाख ३३ हजार १ सय ८ कित्ता हकप्रद, मञ्जुश्री फाइनान्सको ३ लाख ६२ हजार १ सय ९० कित्ता हकप्रद, कर्णाली डेभलपमेन्ट बैंकको १ लाख २० हजार ८ सय कित्ता बोनस र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ४६ हजार ६० कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै