• २०८१ बैशाख १७ सोमबार

नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन परराष्ट्रमन्त्रीको आग्रह

kharibot

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गरेका छन् । 

मलेसियाका नवनियुक्त विदेशमन्त्री अब्दुल्लाहसँग आज भएको टेलिफोन वार्तामा उनले उक्त आग्रह गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ । 

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि बढी शुल्क लाग्दै आएको छ । सरकारले बढी शुल्क लिने नेपाली व्यवसायीलाई कारबाही प्रक्रिया पनि अगाडि बढाएको छ । 

मन्त्री ज्ञवालीले मलेसियाका विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह स्वीकार गर्दै मलेसियाली विदेशमन्त्रीले कूटनीतिक माध्यमबाट भ्रमणको बारेमा जानकारी दिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नेपाली कामदार माथि लाग्दै आएको बढी शुल्कको विषयमा आफूले गम्भीरतापूर्वक लिने विश्वास मलेसियाका विदेशमन्त्रीले परारष्ट्रमन्त्री ज्ञवालीलाई दिलाएको पनि मन्त्रालयले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै