• २०८१ बैशाख १५ शनिबार

‘ट्वाइलेट-एक प्रेम कथा’ को सिक्वेल बनाउने अक्षयकुमारको घोषणा 

kharibot

मुम्बई । बलिवुडका खेलाडी कुमार अक्षय कुमारको २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘ट्वाइलेट-एक प्रेम कथा’को सिक्वेल बन्ने भएको छ ।

‘ट्वाइलेट-एक प्रेम कथा’को सफलता पछि अभिनेता अक्षयकुमारले यसको सिक्वेलको घोषणा गरेका छन् । उनले सिक्वेलको घोषणा गर्दै भनेका छन्, 'अबको तयारी अर्को ब्लकबस्टर मिसन ‘ट्वाइलेट-२’ का लागि । यसपटक बदलिनेछ पूरा देश । चाँडै आउँदैछु ।' 

अक्षय कुमारले भनेका छन्,  'ट्वाइलेट' त बन्यो तर कथा अझै पनि बाँकी छ । म चाँडै 'ट्वाइलेट' को पार्ट २ लिएर आउँदैछु ।' तर, उनले यस फिल्मको बारेमा भने कुनै खुलासा गरेका छैनन् । 

अक्षयसँगै ‘ट्वाइलेट-एक प्रेम कथा’ मा भूमि पेडनेकर, दिव्येन्दु शर्मा, सुधीर पान्डे र अनुपम खेर मुख्य भूमिकामा थिए । २२ करोडमा बनेको यो फिल्मले भारतीय बक्स अफिसमा मात्र १३४ करोड कमाएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै