• २०८१ बैशाख १७ सोमबार

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब पक्राउ

kharibot

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाक मंगलबार पक्राउ पर्नुभएको छ । 

भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने आयोगका तर्फबाट उहाँलाई अनुसन्धान तथा सोधपुछका लागि पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् । सत्तामा रहँदा राज्यकोषको दुरुपयोग गरेको आरोप लागेका ६४ वर्षीय पूर्वप्रधानमन्त्री रज्जाकविरुद्ध बुधबार अभियोग दर्ता गरिने भएको छ । 

भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको निर्वाचनमा उहाँको सत्तारुढ गठबन्धन पराजित भएको थियो । उनकै पूर्वअविभावकसमेत रहनु भएका महाथिर मोहम्मद नेतृत्वको पार्टीले पराजित गरिदिएपछि रज्जाक सत्ताबाट बाहिरिनु परेको थियो । 

निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रज्जाकलाई देशबाट बाहिरिनसमेत प्रतिबन्ध लगाइएको थियो । रज्जाकलाई पक्राउ गर्नु केही दिन पहिले उहाँकी अत्यन्त भोगविलासी श्रीमती रोश्माह मन्सुर, उहाँको सौतातर्फको छोरो रिज अजिज र उहाँका पूर्वसहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानका लागि सोधपुछ गरिएको थियो । 

भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने विषेश टोलीका अनुसन्धानकर्ताहरुले अन्य सरोकारवालाहरुसँग पनि अनुसन्धान तथा सोधपुछ गरिरहेको जनाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै