• २०८१ बैशाख १७ सोमबार

दुई हिरोइनको टक्कर हुने बलिवुडका यी फिल्महरु 

kharibot

मुम्बई । बलिवुडमा अभिनेत्रीहरु प्राय सँगै काम गर्न हिचकिचाउने गरेको पाइन्छ । बाहिर नदेखाएपनि भित्र भित्रै निकै प्रतिष्पर्धा गरिरहने हिरोइनहरु बलिवुडका केहि ठुला फिल्ममा सँगै काम गरेका छन् । बलिवुडमा यस बर्ष रिलिज हुने केहि ठुला बजेटका फिल्म छन् जसमा २ हिरोइनले काम गरेका छन् । 

स्टुडेन्ट अफ द इयरको सिक्वेलमा टाइगर सराफसँग दुई हिरोइनले रोमान्स गर्दै छन् । यस फिल्ममा तारा सुतारिया र अनन्या पाण्डेले अभिनय गर्दै छन् । कलेजको प्रेम कथामा आधारित यस फिल्म आगामी नोभेम्बर २३ मा रिलिज हुदै छ । यस फिल्मको पहिलो भागबाट बलिवुडले सिद्धार्थ मलहोत्रा, बरुण धवन र आलिया भट्ट जस्ता कलाकार पाएको थियो भने यसको सिक्वेलबाट अभिनेता चंकी पाण्डेकी छोरी अनन्याले डेभ्यु गर्दैछिन् ।

त्यस्तै यसै महिना रिलिज हुने फिल्म संजुमा पनि रणबिर कपुरसँग सोनम कपुर, अनुष्का शर्मा र डिया मिर्जाले रोमान्स गर्दै छन् । संजय दत्तको जीवनीमा आधारित साथै यस फिल्ममा माधुरी दिक्षितको भूमिकामा करिश्मा तन्नाले अभिनय गरेकी छन् । यहि जुन २९ मा रिलिज हुने यस फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् ।

त्यस्तै शाहरुख खानको फिल्म जिरोमा पनि दुई अभिनेत्री रहेका छन् । यस फिल्ममा कट्रिना कैफ र अनुष्का शर्माको महत्वपूर्ण भूमिका रहेको छ । आगामी डिसेम्बर २१ मा रिलिज हुने यो फिल्म पनि बलिवुडको बहुप्रतिक्षित फिल्म हो ।

त्यस्तै यस बर्ष रिलिज हुने ठुलो बजेटको फिल्म ठग्स अफ हिन्दोस्तान रहेको छ । यस फिल्ममा अमिर खान अमिताभ बच्चनका साथमा दुई अभिनेत्री कट्रिना कैफ र फातिमा साना शेखले अभिनय गरेका छन् । यो फिल्म नोभेम्बर ७ मा रिलिज हुदै छ ।   
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै