काठमाडौँ । अमेरिका संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट बाहिरिने भएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले पत्रकार सम्मेलन गर्दै अमेरिका संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट बाहिर आउने घोषणा गरेका हुन् ।
विदेशमन्त्री पोम्पियोले यस परिषदबाट बाहिर आउनुको अर्थ अमेरिका मानवअधिकार प्रतिबद्धताबाट पछि हटेको होइन भन्दै अमेरिकाले मानव अधिकारको वकालत गर्न नसक्ने संस्थामा बसिरहन उपयुक्त नहुने ठानेर बाहिरिने निर्णय गरेको बताए ।
मंगलबार मानवअधिकार परिषदकी प्रमुखले आप्रवासी बालबालिकालाई उनीहरुको आमाबाबुसँग अलग गरेको भन्दै ट्रम्प प्रशासनको आलोचना गरेको दोस्रो दिन नै अमेरिका परिषदबाट बाहिरिएको हो ।
अमेरिकाले यसअघि राष्टपति जर्ज डब्लु बुशक ओशसंकालमा पनि तीन बर्ष परिषदबाट बाहिर बसेको थियो । त्यसपछि बाराक ओबामा राष्ट्रपति बनेपछि २००९ मा अमेरिका फेरी परिषदको सदस्य बनेको थियो ।