धनकुटा । कोशी राजमार्ग अन्तर्गत धनकुटाको भेडेटारस्थित भोजपुरे खोलामा यात्रुवाहक वस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् ।
रौतहटबाट धनकुटाको पाख्रिवास कृषि अनुसन्धान केन्द्र तर्फ कृषि भ्रमणको टोलि लिएर आउँदै गरेको ना ५ ख ३३२८ नम्वरको बस व्रेक फेल भई अनियन्त्रित हुँदा सडकदेखि करिव १ सय मिटर तल भोजपुरे खोलामा खसेको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रहरी जवान सूर्य शिवाकोटीले जानकारी दिए ।
सबै घाइते यात्रुलाई उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।