काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समुह एफ मा मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा मेक्सिकोले जर्मनीलाई १-० गोल अन्तरले पराजित गरेको छ । मेक्सिकोले जर्मनीलाई १९८५ पछि पहिलो पटक पराजित गरेको छ । अहिलेसम्म जर्मनीसँग खेलको खेलमा मेक्सिकोले जर्मनीमाथि दोस्रो जित हासिल गरेको हो ।
मेक्सिकोको जितमा हिर्भीङ लोजानोले खेलको ३५औ मिनेटमा गोल गरेका थिए । समुह ए मा मेक्सिकोले जितसँगै ३ महत्वपूर्ण अंक हासिल गरेको छ ।
जर्मनीले अब २३ जुनमा स्विडेनसँग २७ जुनमा दक्षिण कोरियासँग खेल्ने छ ।