• २०८१ बैशाख १७ सोमबार

आरके ज्वलर्समा सुन तस्करी प्रकरणको छानबिन समितिद्वारा छापा 

kharibot

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वलर्समा छापा मारेको छ ।

समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले छापा मारेको हो । दुई वटै पसलबाट प्रहरी ठूलो परिणाममा सुन बरामद गरेको बताइएको छ । ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् । 

यसअघि प्रहरीले सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा पनि छापा मारेको थियो । शुक्रबार अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै