• २०८१ बैशाख १८ मंगलबार

नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआईजी रहने मन्त्रिपरिषद्को निर्णय 

kharibot

काठमाडौं । संघीय सरकारको मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई प्रहरीका एआईजीको संख्या कटौती गर्ने निर्णय गरेको छ ।

बैठकले सशस्त्रमा दुई र नेपाल प्रहरीमा प्राविधिकबाहेक तीन जना मात्र एआईजी रहने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिएका हुन् । 

बैठकको निर्णयअनुसार अब प्रदेशमा डीआईजी राखिनेछ भने महानगरमा एआईजी राखिनेछ । यसअघि प्राविधिकसमेत गरी १६ जनासम्म एआईजी रहनपुगेको थियो ।

बैठकको निर्णयबमोजिम अब सशस्त्र प्रहरीमा दुई जना मात्र एआईजी रहनेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै