• २०८१ बैशाख १४ शुक्रबार

सेयरबजारमा पुँजीगत लाभकर आन्दोलनको प्रभाव : साताको कारोबार रकम घट्यो

kharibot

काठमाडौं । पुँजीगत लाभकरसम्बन्धी आन्दोलनको नकारात्मक प्रभाव यो साता सेयर कारोबारमा परेको छ । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ७९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २० हजार छ सय ६२ कारोबारबाट एक अर्ब ६८ करोड ४५ लाख छ हजार रुपैयाँबराबरका ४० लाख २६ हजार आठ सय १० कित्ता सेयरहरु खरिदबिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा १९ दशमलव ३० प्रतिशत कम हो । गत साता एक सय ८३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २३ हजार पाँच सय ४८ कारोबारबाट दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार रुपैयाँबराबरका ४७ लाख ४४ हजार आठ सय १० कित्ता सेयरहरु खरिदबिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ८८ अंकले घटेर अन्तिम दिन १२ सय ५७ दशमलव सात अंकमा पुगेको छ । यो साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ७३ अंकले घटेर दुई सय ६४ दशमलव ४६ अंकमा आइपुगेको छ ।

यो साता कारोबार रकम सात करोड २७ लाख ८० हजार रुपैयाँको आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या चार लाख सात हजार कित्ता र कारोबार संख्या १३ सय ९२ वटाको आधारमा पनि मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रहे पनि आन्दोलनका कारण चार दिन मात्र कारोबार भएको थियो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सेयर सूचीकरण तर्फ भने यो साता एउटा मात्र संस्थाको साधारण सेयर सूचीकृत भएको छ । 

सातामा सर्वाधिक रकमको कारोबार भएका ५ कम्पनीहरुमा मेगा बैंक, राष्ट्रिय बीमा कम्पनी, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लि. संस्थापक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

त्यसैगरी गत साता सूचीकरणतर्फ एउटा मात्रै कम्पनीको सेयर सूचीकरण भएको छ ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लि.को ६० लाख कित्ता साधारण सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै