• २०८१ बैशाख १५ शनिबार

शहरी क्षेत्रमा आगमन घट्दा घरजग्गाको कारोबारमा उल्लेख्य कमी

kharibot

काठमाडौँ । पछिल्लो समयमा घर जग्गाको कारोबारमा उल्लेख्य कमी आएको नेपाल राष्ट्र बैंकको एक तथ्यांकले देखाएको छ । 

सेवा, सुविधाका हिसाबले ग्रामीण क्षेत्रका स्थानीयबासीन्दाहरु सहरी क्षेत्रमा प्रवेश गर्ने शिलशिलामा क्रमिक सुधार देखिएपछि विगत वर्षका तुलनामा घर जग्गाको कारोबारमा उल्लेख्य कमी आएको हो । 

चालू आर्थिक वर्ष २०७४÷७५ को अर्ध–वार्षिक प्रतिवेदनमा राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले यस्तो अवस्था देखाएको छ । चालू आर्थिक वर्ष २०७४÷७५ को पहिलो छ महिनामा घर–जग्गा रजिष्ट्रेशनको संख्यामा २० दशमलब ५ प्रतिशतले कमी आएको देखिएको छ । गत आर्थिक वर्ष २०७३÷७४ मा यस्तो संख्या छ महिनाको अवधिमा ६० दशमलव ७ रहेको थियो । यसैबाट पुष्टी हुन्छ, की अब बसाइ सराइको समस्यामा केही सुधार हुने र सहरी क्षेत्रमा बढ्दै जाने चाप पनि कमी आउने देखिन्छ । 

केन्द्रीय बैंकका अनुसार यसकारण घटेको घर जग्गाको कारोबार 

देशमा सम्पन्न भएका तीन तहका निर्वाचन पश्चात् स्थानीय तहमा सरकारको अनुभूति हुने गरी संविधान प्रद्दत्त अधिकारबाट स्थानीयस्तरमा नै सरकारी सेवा सुविधा प्रवाह भएका छन् । यस कारणबाट ग्रामीण इलाकाबाट मानिसहरु शहरी क्षेत्रमा आउने क्रम रोकिन गएको छ । साथै नेपाल राष्ट्र बैंकले आप्mनो मौद्रिक नीति तथा निर्देशनहरुबाट बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने घरजग्गा सम्बन्धी कर्जामा कडाई गरेपछि पनि यो अवस्था सिर्जना भएको छ । यस्तै केन्द्रीय बैंकको तथ्यांकअनुसार विप्रेषणको आप्रवाहमा कमी आएको कारण समीक्षा अवधिमा यस किसिमको कारोबार संख्या र सोवापतको राजश्वमा कमी हुन गएको हो ।

घरजग्गाको रजिष्ट्रेशन २० प्रतिशतमा सिमित

चालू आर्थिक वर्ष २०७४÷७५ को पहिलो छ महिनामा घर–जग्गा रजिष्ट्रेशनको संख्यामा २० दशमलब ५ प्रतिशतले कमी आएको देखिएको छ । गत आर्थिक वर्ष २०७३÷७४ मा यस्तो संख्या छ महिनाको अवधिमा ६० दशमलव ७ रहेको थियो ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा घर–जग्गा रजिष्ट्रेशनवापतको राजस्व संकलनमा २१ दशमलब ५ प्रतिशतले कमी आई सात अर्ब ९४ करोड रुपैयाँ कायम हुन आएको छ । गत वर्षको सोही अवधिमा यस्तो राजस्व संकलनमा ११० दशमलब २ प्रतिशतले वृद्धि भएको थियो । चालू आवको छ महिनामा घर÷भवन नक्सा पास संख्या ३६ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा घर÷भवन नक्सा पास ९६ दशमलब ९ प्रतिशतले बढेको थियो । 

पोखरा र विराटनगरमा सामान्य वृद्धि

केन्द्रीय बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा घर–जग्गा रजिष्ट्रेशन संख्यालाई क्षेत्रगत रुपमा विश्लेषण गर्दा पोखरा र विराटनगर क्षेत्रमा सामान्य वृद्धि भएको छ । भने बाँकी सबै क्षेत्रमा ह्रास आएको छ । त्यसैगरी, घर–जग्गा रजिष्ट्रेशन वापतको राजस्व संकलन विराटनगर क्षेत्रमा वृद्धि भएको छ भने अन्य सबै क्षेत्रमा घटेको छ । समीक्षा अवधिमा घर÷भवन नक्शा पास संख्यालाई क्षेत्रगत रुपमा विश्लेषण गर्दा विराटनगर, नेपालगञ्ज र धनगढी क्षेत्रमा घटेको छ भने अन्य सबैक्षेत्रमा वृद्धि भएको छ । राष्ट्र बैंकले प्रत्येक वर्षको छ÷छ महिना अर्थात अर्ध वार्षिक रुपमा घर जग्गाको कारोबारमा भएको अवस्था उल्लेख गरेको छ । 

घर-भवन स्थानीय नक्सा पास गर्नेको संख्यामा सुधार

केन्द्रीय बैंकको त्थयांक हेर्दा पछिल्लो समयमा घर÷भवन स्थानीय नक्सा पास गर्नेको संख्यामा भने सुधार देखिएको छ । चालू आर्थिक वर्षभन्दा दुई वर्षको तथ्यांकलाई हेर्दा घर÷भवन स्थानीय नक्सा पास गराउने संख्या दुई सय ३६ रहेकोमा चालू आर्थिक वर्षको छ महिनामा सो संख्या लगभग दोब्बर देखिएको छ । चालू आर्थिक वर्षको छ महिनामा नक्सा पास गरेर घर निर्माण गर्नेको संख्या ११ सय ९० पुगेको छ । सरकारले भवन तथा घर निर्माण भूकम्पप्रतिरोधि बनाउने र सरकारले तोकेको मापदण्ड नै लागू गर्नै पर्ने व्यवस्था लागू गरेपछि नक्सा पास गरेर भवन निर्माण गर्नेको संख्यामा सुधार देखिएको छ ।

घर–जग्गा रजिष्ट्रेशन-नक्सा पास र राजस्व संकलनको अवस्था

नाम                                                      २०७२-७३    २०७३-७४    २०७४-७५
घरजग्गा रजिष्ट्रेशनको संख्या                       २२०४७        ४४२५१      ४००३८
घर÷भवन स्थानीय नक्सा पास संख्या                २३६           ३३४          ११९०
घरजग्गा रजिष्ट्रेशन राजस्व (१० लाखमा)          १२९.८८     ३२८.०२५    १५२.५६
स्रोतः नेपाल राष्ट्र बैंक   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै