• २०८१ बैशाख १६ आइतबार

तिनै प्रज्ञा प्रतिष्ठानलाई एउटै प्रतिष्ठान बनाउने सरकारको निर्णयको हस्तकला महासंघको विरोध

kharibot

काठमाडौँ । नेपाल हस्तकला महासंघले सरकारले तिनै प्रज्ञा प्रतिष्ठानलाई एउटै प्रतिष्ठान बनाउने घोषणाले हस्तकलाको विकास अवरुद्ध हुने जनाएको छ । 

महासंघले एक विज्ञप्ति प्रकाशित गर्दै विधागत रुपमा प्रज्ञा प्रतिष्ठानहरु गठन भई तत् तत् क्षेत्रको विकास, विस्तार, संरक्षण र सम्वद्र्धनको कार्यमा संलग्न हुँदै आएको अवस्थामा नेपाल सरकारबाट चालिएको यो कदमले यस क्षेत्रको विकासमा सकारात्मक भूमिका नहुने महासंघको ठम्याई रहेको उल्लेख गरेको छ ।    

नेपाल सरकारको आर्थिक वर्ष २०७५-७६ को बजेट बक्तब्यमा नेपालको कला, साहित्य र संगितसंग सम्बन्धित नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान र अन्य साँस्कृतिक प्रतिष्ठानहरुलाई एक आपसमा गाभि एउटै प्रतिष्ठान बनाउने घोषणा गरिएको थियो ।

महासंघले विज्ञप्तिमा झट्ट सुन्दा एउटै कार्य प्रकृतिका प्रतिष्ठानहरु आपसमागाभि एउटा सशक्त प्रज्ञा प्रतिष्ठान गठन गर्नु  राम्रो कदमजस्तो देखिएपनि विगतमा एउटै प्रज्ञा प्रतिष्ठानले मुलुकको साहित्य, कला, संगित र नाट्य क्षेत्रको समुचित विकास, विस्तार र प्रवर्धन गर्न नसकेको यथार्थ बुझि भिन्ना भिन्नै विधा हेर्ने छुट्टा छुट्टै प्रतिष्ठानहरु गठन भएको जनाएको छ ।

सबै विधागत प्रतिष्ठान एकै ठाउँमा गाभ्दा कुनै पनि विधाप्रति समुचित रुपमा ध्यान केन्द्रित नहुने भन्दा महासंघले त्यो विधाको वान्छित विकास हुन नहुने उल्लेख गरेको छ ।

महासंघले प्रज्ञा प्रतिष्ठाहरुलाई आपसमा नगाभी विषयगत रुपमा हालकै संगठनात्मक स्वरुपमा साधन र श्रोतले सम्पन्न तुल्याई सवल संस्थाको रुपमा विकास गर्न सरकारसँग माग गरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै