• २०८१ बैशाख १७ सोमबार

 उदयपुरका किसान माछापालनमा सक्रिय

kharibot

फाइल तस्विर । 

 उदयपुर / पछिल्लो समय जिल्लाका किसान माछापालनमा सक्रिय हुन थालेका छन् । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिले सबैभन्दा बढी माछा उत्पादन कटारी, त्रियुगा नगरपालिका तथा चौदण्डीको हँडिया, सुन्दरपुर र बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमा हुने गरेको छ । 

सात वर्ष अघि नेपाली सेनाबाट अवकास लिएपछि व्यावसायिक माछापालन थाल्नुभएका कटारी– ३ त्रिवेणीका प्रेमबहादुर तामाङ अहिले वार्षिक रु ६ लाखको माछा बिक्री गर्नुहुन्छ । 

यस्तै, कटारी– ४ सिम्लेका बुद्धिबहादुर माझी स्थानीय सहकारीबाट ऋण लिएर पाँच वर्षदेखि माछापालन गर्दै आएका छन  । उनले वार्षिक चार लाखसम्मको माछा बिक्री गर्छन । 

त्रियुगा नगरपालिका– ३ बगाहाका राजकुमार चौधरी जिल्ला कृषि विकास कार्यालय र स्थानीय सहकारी संस्थाबाट ऋण लिएर छ कठ्ठा जग्गामा माछापालन गर्दै आएका छन  । उनले वार्षिक  पाँच लाखभन्दा बढी आम्दानी गर्छन । 

जिल्ला कृषि विकास कार्यालयका अधिकृत सतन यादवका अनुसार जिल्लामा कूल माछा उत्पादनमध्ये ६० प्रतिशत कटारी क्षेत्रमा र बाँकी उत्पादन त्रियुगा नगरक्षेत्र, बेलका, चौदण्डी नगरपालिकालगायत क्षेत्रमा हुने गरेको छ । “बजारको समस्या छैन,” उनले भने । 

कटारी क्षेत्रमा उतपदित माछा कटारी बजार तथा त्रियुगामा उत्पादित माछा गाईघाट बजारमा बिक्री गरिन्छ । अहिले झण्डै एक सयभन्दा बढी कृषकले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । जिल्लामा कूल ३७ हेक्टर क्षेत्रफलमा माछा उत्पादन हुन्छ । बिगहेड, माकुर, ग्रासहुड, कमन, मुङ्ग्री, माउर र जलकपुर प्रजातिका माछा कृषकले उत्पादन गर्ने गरेका छन् । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै